Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)

Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

Join Now to Subscribe to this Podcast
  • Visit Website
  • RSS
  • Artist: Ujyaalo 90 Network
  • Copyright: Ujyaalo 90 Network (2009 - 2019)

Podcasts:

 साउन १७, २०६९ (August 1, 2012) | File Type: audio/mpeg | Duration: 40:20

साउन १७, २०६९ (August 1, 2012)

 साउन १०, २०६९ (July 25, 2012) | File Type: audio/mpeg | Duration: 38:49

साउन १०, २०६९ (July 25, 2012)

 साउन ०३, २०६९ (July 18, 2012) | File Type: audio/mpeg | Duration: 38:51

साउन ०३, २०६९ (July 18, 2012)

 आषाढ २७, २०६९ (July 11, 2012) | File Type: audio/mpeg | Duration: 41:09

आज बिशेष कारणबस हामीले नयाँ सृंखला प्रसारण गर्न सकेनौ त्यसैले बिगतमा प्रसारण भएको कार्यक्रमको पुन: प्रसारण लिएर आएका छौं । नयाँ सृंखला प्रसारण गर्न नसकेकोमा क्षमा प्राथी छौं ।

 आषाढ २०, २०६९ (July 4, 2012) | File Type: audio/mpeg | Duration: 40:34

आषाढ २०, २०६९ (July 4, 2012)

 आषाढ १३, २०६९ (June 27, 2012) | File Type: audio/mpeg | Duration: 41:56

आषाढ १३, २०६९ (June 27, 2012)

 आषाढ ०६, २०६९ (June 20, 2012) | File Type: audio/mpeg | Duration: 37:00

मेहदी हसनको जन्म सन् १९२७ जुलाई २८ मा हाल भारतमा रहेको राजस्थानको लुना गाउँमा एक सांगीतिक परिवारमा भएको थियो । हसनले सानै उमेरदेखि पिता उस्ताद अजिम खान तथा काका उस्ताद इस्मेल खानबाट परम्परागत द्रुपद गायन सिक्नुभएको थियो । सन् १९४७ मा भएको भारतको विभाजनसँगै पाकिस्तान पुगेका थिए । राष्ट्र विभाजनको पीडासँगै पाकिस्तान पुगेको हसनको परिवार तीब्र आर्थिक संकटमा परेको थियो । आर्थिक संकटका कारण २० वर्षिय हसनले त्यतिबेला साइकल पसलमा काम गर्न थाल्नुभएको थियो । गायन यात्रामा निकै लामो संघर्षपछि सांगीतिक दुनियामा हसनको लोकप्रियता चुलिएको थियो । सन् १९५७ मा रेडियो पाकिस्तानमा गीत गाउने मौका पाएपछि हसनको गजल यात्राले नयाँ मोड लिएको थियो । गजलमा गरेको योगदानका लागि उहाँलाई शहंशाहे गजलको उपाधि दिइएको थियो । गायन यात्रामा ५० बर्ष लामो संघर्षपछि मात्रै लोकपृय बनेका हसन हिन्दी र पाकिस्तानी गजल गायनका नक्षत्रका रुपमा चिनिनुहुन्छ । नेपालमा समेत निकै चर्चित गजल गायक हसनलाई सरकारले सन् १९८३ मा गोरखा दक्षिणबाहुबाट विभुषित गरेको थियो । ८४ वर्षिय हसनको पाकिस्तानको कराचीमा रहेको एक अस्पतालमा उपचारका क्रममा २०६९ जेठ ३१ गते बुधबार बिहान निधन भएको हो ।

 जेठ ३१, २०६९ (June 13, 2012) | File Type: audio/mpeg | Duration: 41:11

हामीले गत कार्यक्रममा सुरु गरेको गजलकार 'सुवास अगम'संगको साक्षात्कारलाई आज पनि निरन्तरता दिरहेका छौं । आजको कार्यक्रममा पनि उहाँसंगकै भलाकुसारी तथा उहाँकै स्वर र शब्दमा रहेका केहि गजलहरू सुन्ने छौं । "सुन झैं हजार चोटी खारेको जिन्दगी हो कुन बेहोशीले भन्छ हारेको जिन्दगी हो " उहाँका केहि गजलहरू YouTube मार्फत तल राखिएको छ । दुई चुल्ठी बटेकिलाई सुन झैं हजार चोटि खारेपो जिन्दगी हो... प्रेमका फैसला भोलि हुनेछ... फर्किएर मुस्काईदिनु जे जे पर्ला पर्ला...

 जेठ २४, २०६९ (June 6, 2012) | File Type: audio/mpeg | Duration: 39:21

यिनै हुन् ती सुवास अगम जसको चर्चा गर्न मलाई रमाइलो लाग्छ । यिनको गजल गायनको मुक्त कण्ठले प्रशंसा गर्नेहरुको हूलमा म पनि पर्छु । आजको बुलबुलमा यिनैको गजल गायन तथा अन्तरर्वार्ताको प्रथम भाग सुन्न सकिन्छ । हिलोको कमल र कमलको सुवास । नवलपरासी, बर्दघाटका सुवास अगम आज र अर्को बुधबारको बुलबुलमा हामी संग । - अच्युत घिमिरे (कार्यक्रम प्रस्तोता)

 जेठ १७, २०६९ (May 30, 2012) | File Type: audio/mpeg | Duration: 40:29

जेठ १७, २०६९ (May 30, 2012)

 जेठ १०, २०६९ (May 23, 2012) | File Type: audio/mpeg | Duration: 39:04

जेठ १०, २०६९ (May 23, 2012)

 जेठ ०३, २०६९ (May 16, 2012) | File Type: audio/mpeg | Duration: 41:10

जेठ ०३, २०६९ (May 16, 2012)

 बैशाख २७, २०६९ (May 9, 2012) | File Type: audio/mpeg | Duration: 40:15

बैशाख २७, २०६९ (May 9, 2012)

 बैशाख २०, २०६९ (May 2, 2012) | File Type: audio/mpeg | Duration: 41:20

बैशाख २०, २०६९ (May 2, 2012)

 बैशाख १३, २०६९ (April 25, 2012) | File Type: audio/mpeg | Duration: 40:49

बैशाख १३, २०६९ (April 25, 2012)

Comments

Login or signup comment.

Shiva says:

Thanks for nice podcast