आषाढ ०६, २०६९ (June 20, 2012)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: मेहदी हसनको जन्म सन् १९२७ जुलाई २८ मा हाल भारतमा रहेको राजस्थानको लुना गाउँमा एक सांगीतिक परिवारमा भएको थियो । हसनले सानै उमेरदेखि पिता उस्ताद अजिम खान तथा काका उस्ताद इस्मेल खानबाट परम्परागत द्रुपद गायन सिक्नुभएको थियो । सन् १९४७ मा भएको भारतको विभाजनसँगै पाकिस्तान पुगेका थिए । राष्ट्र विभाजनको पीडासँगै पाकिस्तान पुगेको हसनको परिवार तीब्र आर्थिक संकटमा परेको थियो । आर्थिक संकटका कारण २० वर्षिय हसनले त्यतिबेला साइकल पसलमा काम गर्न थाल्नुभएको थियो । गायन यात्रामा निकै लामो संघर्षपछि सांगीतिक दुनियामा हसनको लोकप्रियता चुलिएको थियो । सन् १९५७ मा रेडियो पाकिस्तानमा गीत गाउने मौका पाएपछि हसनको गजल यात्राले नयाँ मोड लिएको थियो । गजलमा गरेको योगदानका लागि उहाँलाई शहंशाहे गजलको उपाधि दिइएको थियो । गायन यात्रामा ५० बर्ष लामो संघर्षपछि मात्रै लोकपृय बनेका हसन हिन्दी र पाकिस्तानी गजल गायनका नक्षत्रका रुपमा चिनिनुहुन्छ । नेपालमा समेत निकै चर्चित गजल गायक हसनलाई सरकारले सन् १९८३ मा गोरखा दक्षिणबाहुबाट विभुषित गरेको थियो । ८४ वर्षिय हसनको पाकिस्तानको कराचीमा रहेको एक अस्पतालमा उपचारका क्रममा २०६९ जेठ ३१ गते बुधबार बिहान निधन भएको हो ।