Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)
Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
- Visit Website
- RSS
- Artist: Ujyaalo 90 Network
- Copyright: Ujyaalo 90 Network (2009 - 2019)
Podcasts:
गजल गायनको इतिहासलाई पल्टाउने हो भने गजल हल्का सास्त्रीय संगीत को रुपबाट आएको पाइन्छ । यो किसिम को प्रवृति बिसौ सताब्दीको प्रारम्भ तिर सुरु भएको पाइएको छ । यस्तो प्रवृति अन्तर्गत सास्त्रीय संगीतका ति तालिम प्राप्त गायकहरू पर्दछन जो बिशेष गरेर खयाल गायन र ठुमरी गायनमा रुची राख्ने गर्दथे । सुन्दर गजलका पंतिहरु र सुमधुर स्वरको जादुमय संयोजनले गजल र गजलका पारखिहरुको आत्मा र मुटुमा छोएको हुन्छ । भारतीय गजल गायन तर्फ हेर्ने हो भने लोकप्रिय नामहरू आउछन, जगजित सिं, चित्र सिं, मेहदी हसन, गुलाम अलि, बेगम अख्तर, पंकज उदास आदि । साधारण शब्द र मुटुस्पर्सी संगीतको संयोजनमा गजल लोकप्रिय बनाउनमा पंकज उदासको भूमिका प्रभुख रहेको पारखीहरु भन्ने गर्छन । तर सास्त्रीय आधारलाई प्रमुखता दिनेहरू पंकज उदासको गयेकिलाई अत्यन्त फितलो पनि मान्दछन । दुई दसक अघि देखि अत्यन्तै फस्टाएको भारतीय गजलको तुलनामा हालका गायन खस्कदो क्रममा रहेको विश्लेषकहरू बताउछन । मलिकाए गजलमा बेगम अख्तरले भनेकी छन् "सहि तरिकाले गजल गाइयेमा गजलको नसाले लट्ठ पार्छ । तर आज भोलि गजल गायनमा यहि नसा कम रहेको विश्लेषकहरूको ठम्याई छ । गएको आधा दसकमा नेपाली गजल क्षेत्र पनि गायन तर्फ जुर्मुराएको देखिन्छ तर गजल सृजनाको जमातको अनुपात संगै गायक संगीतकारहरुको पनि रुची बेला बेलामा घटबढ देखिएको हुँदा प्रसस्त मात्रामा गजल गायन अझै पनि हाम्रा सामु आएका छैनन् ।
रात्रिको यो प्रहरमा यतिबेला स्टुडियोका नियोन बत्तीहरु संगसंगै अलिकति बहकिएको छु म आज । यो आज भोलिको बेमौसमी झरी, दसैको नजिकैको आगमन, उद्देलित मनहरु, ब्यस्त शहरहरु सबै सबै सग्मगौदै छन् यहाँ वरिपरी हामि मानिस विचार खेलाउन सक्ने प्राणी, माया, ममता, रिश, राग, पिडा, व्यथा सबै भएका जाति । पलपलमा समबेदना धड्कन्छ यहाँ । "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो" सबै कालका बसमा छौ र पनि धर्तीमा बचुन्जेलको तुजुक कहिले मरेन हामि भित्र । निरस लाग्छन दिनहरु, मन भित्र अटेसमटेस भैदिन्छन व्यथाहरु । एउटा सानो मुटु, कमलो मस्तिस्क यी दुई कुरानै प्रयाप्त छन् मन दुखाउनकालागी । फेरी साना साना कुराहरुमा खुसि हुने हामि मान्छे सानै कुराहरुले दुख्न अब्यस्थ छौ । शहर बजारका हल्ला खल्लाहरु अरुका अगाडी जबर्जस्ति हसिने हासोहरू, ठट्टाहरू flash back जस्तो भएर आइदिन्छ्न यतिबेला । जब यो रात यो केवल आफु एकैसंग मात्र रह्यो यो रात न कसैका अगाडी अभिनय गर्नु छ, न कसैको करकाबमा अनिक्षित केहि गर्नु छ बस फुर्सदै फुर्सद मन एक्लो छ । खोजेको पनि त्यहिँ हो एक्लो हुनु एक्लै दुख्नु अनि दुखिमात्र रहनु, शायद मान्छे यसमापनि आनन्द लिन्छ । दुख्नुको बिरह तिमीसंग मैले के बताउला र बुलबुल कारुनिकताको पर्याय तिमि, संसारका नारी जतिको प्रतिक तिमि, जननी तिमि अनि प्रियशी पनि तिमि, कोमलाताकी परिभाषा तिमि । यहाँ दु:ख र बेदनाको कुरा गरेर साध्य चल्दैन । आफ्ना बेदनाहरुलाई त गित बनाएर गाउने हो । त्यही गित गाउनकालागि पुराना रात तिमि संग पनि छ र म संग पनि छ । त्यसो हो भने किन मा दुखि भएर तिमीलाई सुनाउने अनि तिमि दुखि भएर किन मलाई सम्झाउने ? आखिर तिमि पनि मै जस्ती बाबरी भएकी छौ नि यो समबेदना भित्र । दु:ख त सम्पत्ति हो हाम्रालागि तिमि संग पनि छ र म संग पनि छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"