आश्विन १३, २०७० (September 29, 2013)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: उत्पतिका हिसाबले गजल नज्म र कसिदासंग मेल खान्छ तर कसीदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमा अरबले इरान माथि विजय प्राप्त गरिसकेपछि अरब र इरानी साहित्यको परस्पर संयोजन पश्चात् कसीदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर नयाँ विधाको जन्म दिए – गजल । यसर्थ हामी गजललाई इरानको आविष्कार मान्न सक्छौं तर यो आविष्कार दुई भिन्न संस्कृतिको विलय पछि मात्र जन्म भएको हो । पाक भारतीय उपमहाद्वीपको साहित्यिक र सांस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ । त्यसैले पनि गजल यो क्षेत्रको लोकप्रिय विधा बन्न गयो । गजलको लोकप्रियता यति व्याप्त हुन थाल्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टा पनि इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल शब्द यसैको एउटा उदाहरण हो । गजलका उपमाका रुपमा बुलबुलको त्यसरी विकास भएको हो भने बुलबुल आफैंमा एउटा इरानी चरा पनि हो जो रात्रीको समयमा गाउँदै उड्ने गर्दछ । पाक भारतीय उपमहाद्वीपमा यो चरा दुर्लभ छ । फारसी गजलको प्रभावले गर्दा वर्तमान गजलले अझै पनि बुलबुलको गाथा गाइरहेको छ । (आजदेखि बुलबुल हरेक हप्ता दुई पटक आइतबार र बुधबार)