आश्विन ०२, २०७० (September 18, 2013)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: कोहलपुरका कपिल अन्जान र चितवनकी भावना पाठक दुवै सन्चारकर्मी गजलकार आजको बुलबुलका अतिथि हुनेछन् । सिनर्जी एफ एम को "अनुराग" र रेडियो कोहलपुरको "गजलमय रात" कार्यक्रमका यी संचालकहरु आज बुलबुलबाट बोल्नेछन् ! यो वर्षका गजल पुरस्कारहरु प्राप्त गरेर चर्चामा आएको यो जोडीको गजलसंग्रह “सफर” र “तस्वीर” बारेका चर्चा परिचर्चा, गजल वाचन र गजल कार्यक्रमहरुबारे यिनीहरुको अनुभव आज सुन्न पाइनेछ । उहाँहरुका गजल र रेडियो कार्यक्रमका प्रशंसकहरुलाई उहाँहरुको व्यक्तिगत जीवनीबारे के कति थाहा होला ? आज व्यक्तिगत प्रसंग पनि कोट्टयाउने सुरमा छु म । कपिलको तस्वीर विमोचनताका उहाँहरुबारे कोहलपुरमै अलि गाइँगुइँ सुनेको थिएँ । बुलबुल रे मा मात्र भर पर्दैन । आज सीधा कुरा, प्रष्ट विचार बुझिन्छ उहाँहरुसंगै । तपाईं पनि सुनेर थाहा पाउनुस् ।