भाद्र २८, २०६६ (September 13, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: रात्रिको यो प्रहरमा यतिबेला स्टुडियोका नियोन बत्तीहरु संगसंगै अलिकति बहकिएको छु म आज । यो आज भोलिको बेमौसमी झरी, दसैको नजिकैको आगमन, उद्देलित मनहरु, ब्यस्त शहरहरु सबै सबै सग्मगौदै छन् यहाँ वरिपरी हामि मानिस विचार खेलाउन सक्ने प्राणी, माया, ममता, रिश, राग, पिडा, व्यथा सबै भएका जाति । पलपलमा समबेदना धड्कन्छ यहाँ । "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो" सबै कालका बसमा छौ र पनि धर्तीमा बचुन्जेलको तुजुक कहिले मरेन हामि भित्र । निरस लाग्छन दिनहरु, मन भित्र अटेसमटेस भैदिन्छन व्यथाहरु । एउटा सानो मुटु, कमलो मस्तिस्क यी दुई कुरानै प्रयाप्त छन् मन दुखाउनकालागी । फेरी साना साना कुराहरुमा खुसि हुने हामि मान्छे सानै कुराहरुले दुख्न अब्यस्थ छौ । शहर बजारका हल्ला खल्लाहरु अरुका अगाडी जबर्जस्ति हसिने हासोहरू, ठट्टाहरू flash back जस्तो भएर आइदिन्छ्न यतिबेला । जब यो रात यो केवल आफु एकैसंग मात्र रह्यो यो रात न कसैका अगाडी अभिनय गर्नु छ, न कसैको करकाबमा अनिक्षित केहि गर्नु छ बस फुर्सदै फुर्सद मन एक्लो छ । खोजेको पनि त्यहिँ हो एक्लो हुनु एक्लै दुख्नु अनि दुखिमात्र रहनु, शायद मान्छे यसमापनि आनन्द लिन्छ । दुख्नुको बिरह तिमीसंग मैले के बताउला र बुलबुल कारुनिकताको पर्याय तिमि, संसारका नारी जतिको प्रतिक तिमि, जननी तिमि अनि प्रियशी पनि तिमि, कोमलाताकी परिभाषा तिमि । यहाँ दु:ख र बेदनाको कुरा गरेर साध्य चल्दैन । आफ्ना बेदनाहरुलाई त गित बनाएर गाउने हो । त्यही गित गाउनकालागि पुराना रात तिमि संग पनि छ र म संग पनि छ । त्यसो हो भने किन मा दुखि भएर तिमीलाई सुनाउने अनि तिमि दुखि भएर किन मलाई सम्झाउने ? आखिर तिमि पनि मै जस्ती बाबरी भएकी छौ नि यो समबेदना भित्र । दु:ख त सम्पत्ति हो हाम्रालागि तिमि संग पनि छ र म संग पनि छ ।