मंसिर १०, २०६६ (November 25, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: पानीलार्इ "थोपा" एकाइमा नापे जस्तै माया र प्रेमलार्इ कुनै एकाइमा नापिंदो हो भने किटेर भन्न सकिन्छ प्रेमको सबभन्दा सानो एकाइको मूल्य तब खुल्छ जब प्रेमबाट मान्छे वञ्चित रहन्छ । कोही बोलेको मन पर्दैन, कुनै कुरामा ध्यान जाँदैन, भोक लागेको हो कि तिर्खा अहँ स्पष्ट हुँदैन, जति खेर पनि अव्यक्त केही खोजी गरिरहन्छ मनले । त्यसै त्यसै रित्तोपन एम्प्टीनेसले सताउँछ । प्रेम केलार्इ भन्ने ? बाटो घाटोमा देखेका आफूभन्दा विपरीत लिंगीप्रतिको आकर्षणलार्इ प्रेम भन्ने कि एक टुक्रा कागजमा ४ थोपा मसी खर्च गरेर लेखेको शब्दलार्इ प्रेम भन्ने ? स्कूल, कलेज वा अफिसमा आफूसंगै पढ्ने वा काम गर्ने आफूलार्इ सबैभन्दा राम्रो लागेको ठिटो अथवा ठिटीसंग सामीप्यता खोज्न उठेको चाहनालार्इ प्रेम भन्ने कि बाबुआमाले शिशु अवस्थादेखि आफूलार्इ हुर्काउन गरेको परिश्रमलार्इ प्रेम भन्ने ? संगै बसेर काँधमा काँध, हातमाथि हात राखेर गरिएका वाचा कसमलार्इ प्रेम भन्ने कि एक अर्काका विरह व्यथालार्इ बर्बरी आँखाबाट आँसु झार्दै व्यक्त गरिएका अभिव्यक्तिलार्इ प्रेम भन्ने ?