मंसिर २४, २०६६ (December 9, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: सायद सम्बन्ध स्वर्गमै बनेको हुन्छ होला मान्छे मान्छे बीचको, नत्र भने किन सडकमा गाडीमा यात्रा गर्दा, बजार डुल्दा भेटिने सबै मान्छेहरू साथि भएनन् किन पो उनिहरुसंग निकटता भएन । कसै संग कहिले सम्बन्ध जोडिन्छ हामीलाई पत्तो हुँदैन । सम्बन्ध आखिर किन पो जोडिन्छ ? के का लागि ? के प्राप्तिका लागि ? एक आर्का बिचको सम्बन्ध हुनुले के अर्थ राख्छ ? के पाउँछु म अनि अरुहरू के पाउँछन ? क्षणभरको साथ न हो, अहिले गासियो भोलि हिजोजस्तै अपरिचित हुन बेर हुन्न । तर कसै कसै संग को सम्बन्ध यति साह्रो नजिक हुँदो रहेछ । जे को पनि एउटा हद हुन्छ तर सम्बन्ध कै हुँदोरहेनछ । सम्बन्ध आज सामान्य चिनजान मा सकिन्छ भोलि व्यक्तिको परिचय खोतलिन्छ अनि गर्दै जादा प्रेमी प्रेमिकाको बन्न लागेको अबधि (बेर) १ २ सेकेन्ड जस्तै लाग्छ तर पनि युगौदेखि संगै रहेजस्तो । चलखेल गरेजस्तो गर्न बोल्दैन त्यो सम्बन्धको कडी । सिमा नगेर माथि गएपछि अझै एउटा सिमा बाँकि रहन्छ, त्यो सिमा बिचको अत्तो पत्तो रहन्न ति जोडी बिचको सम्बन्धलाई । त्यहिँ सम्बन्ध एकाएक टुटेर जाँदा आकाश खसेजस्तै लाग्छ तर बिस्तारै समाप्त हुन्छ । तर पनि त्यो सम्बन्ध हिन सम्बन्धले कताकता पोलिरहन्छ, कताकता दुखिरहन्छ केहि अभाब महसुस गराउछ सायद ति पुराना दिनहरु सम्झेर ।