पौष ०१, २०६६ (December 16, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाच्न वा ऊसंग ठट्टागर्न बेला बेला उर्को प्रेमलाई अनेक प्रकारले जाच्ने गर्थिन । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताब राखेपनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार भएर बस्थ्यो । एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लग्यो । ऊनले सिपाहीलाई बोलाएर भनिन तिमि मलाई साच्चै प्रेम गर्छु भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देउ नत्र म तिमीसंग प्रेम गर्दिन अर्कै राजकुमार संग बिहा गरेर गईदिन्छु । सिपाहीले हुन्छ सिबाए केहि भन्न नसकेर फर्कियो । राजकुमारीको बगैचामा सबै सेता गुलाबका मात्र बोट थिए । त्यो देसैभरी रातो गुलाबको बिरुवा थिएन । निराश सिपाही बगैचामै बसी बिरह गर्न थाल्यो । साझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहिँ बास बस्न आए । निराश सिपाहीको बिरह देखिर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरि बिलाप गरिरहेका छौ सिपाही ? सिपाहीले आफ्नो समस्या बतायो । त्यसपछी बुलबुल जोडीले उसलाई बचन दिए असल प्रेम मर्नु हुन्न भोलि बिहान यहि बगैचामा राजकुमारीलाई लिएर आउनु रातो गुलाबको व्यवस्था हामि गरिदिने छौ । सिपाही आस्वस्त भएर घर फर्कियो । त्यस रात रातभरी राजकुमारीको बगैचामा प्रेम बिरहका गीत गजलहरू सुनिए । राजकुमारीको मन अत्यन्तै कोलाकित भयो । बिहान सबेरै सिपाही आयो राजकुमारीले सोधिन रातो गुलाब खोइ त ? सिपाहीले राजकुमारीलाई बगैचामा लिएर गयो । बगैचामा सबै गुलाबहरू राता भएका थिए । सिपाही र राजकुमारी अगाडी बढ्दै गए । बुलबुल चरिका जोडीहरू अझै गाउदै थिए बिरह गाना। नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाबको बोटको काँडामा घोच्दै रगतले सेता गुलाबहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाबहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाबका बोटबाट भूइँमा झरेर अमर भए ।