पौष ०८, २०६६ (December 23, 2009)




Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा) show

Summary: तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ । यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती ११–१२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् ।